Main

देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको बताएका छन्।

आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त? भन्ने प्रश्न आउन थालेको बताए।

उनले भने, ‘जनतामा फेरि असन्तुष्टि बढेको बढ्यै छ। निराशा बढेको बढ्यै छ। अर्को विद्रोह आवश्यक भएकै हो त? भन्ने प्रश्न अब विस्तारै मानिसहरूको मनमा आउँदैछ। अहिले म त्यो निष्कर्षमा पुगें भन्ने होईन त्यो अर्थ नलागोस्, तर जनतामा देखिएको निराशा, युवामा देखिएको फ्रस्टेसनले त्यो सबै हेर्दा र नेतृत्व हेर्दा यो सरकार पनि संविधानसंवत नै छैन।’

उनले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जबरजस्ति दबाव दिएर बनेको सरकार भएको आरोप लगाए। सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उनको आरोप छ।

उनले भने, ‘यो संविधान मिचेर बनेको सरकार हो यो। राष्ट्रपतिलाई जबरजस्ति दबाव दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो। लोकतान्त्रिक पनि छैन। त्यसैले लोकतन्त्रको मर्म विपरित पनि आएको छ यो। यसले संविधानलाई कहीँ न कहीँ कर्नरमा पार्न खोजेको छ।’

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button