Main

सिन्धुपाल्चोकमा विद्यालय शिक्षकलाई क्रिकेट प्रशिक्षण

३० असार, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका विभिन्न २७ विद्यालयका खेल शिक्षकलाई क्रिकेटको प्रशिक्षण दिइएको छ ।

जिल्ला क्रिकेट संघको आयोजना र ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा शिक्षकहरुलाई क्रिकेटको प्रशिक्षण दिइएको हो ।

क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय भएकाले विद्यालयबाट नै क्रिकेटको सुरुवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएकाले प्रशिक्षण सञ्चालन गरिएको संघका सचिव अजयकुमार धितालले बताए ।

बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले जिल्ला क्रिकेट संघले क्रिकेटको विकासका लागि राम्रो काम गरेको भन्दै प्रशंसा गरे । निकट भविष्यमा सञ्चालन हुने स्कुल क्रिकेट लिगका लागि यो प्रशिक्षण धेरै फलदायी हुने संघका उपाध्यक्ष राजन धितालले बताए ।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्माले यस्तो कार्यक्रमले ग्रासरुट क्रिकेटलाई टेवा पुग्ने विश्वास लिएको बताएका छन् ।शिक्षकहरुलाई बंगलादेशका प्रशिक्षक मसुद हसनले प्रशिक्षण दिएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button