Main

प्रदेश प्रमुखको पत्र सुनाएर सकियो सुदूरपश्चिम प्रदेश सभाको बैठक

८ असार, धनगढी। सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक प्रदेश प्रमुख नजिर मियाँले पठाएको पत्र सुनाउँदै सकिएको छ । मंगलबार दिउँसो बसेकाे बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र सुनाएका थिए ।

भण्डारीले प्रदेश प्रमुखले एक चौथाइ भन्दा बढी प्रदेश सभा सदस्यहरूले अधिवेशन आह्वान गरेको व्यहोराको पत्र सुनाएका हुन् ।त्यसपछि सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै बैठक स्थगीत गरेका हुन् ।

कांग्रेस र एमालेका बहुमत प्रदेश सभा सदस्यहरूले सभाको विशेष अधिवेशनकाे माग गरेपछि प्रदेश प्रमुखले ४ साउनमा आह्वान गरेका थिए ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले २९ असारमा प्रदेशसभाको जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए ।

मुख्यमन्त्री सोडारीले अध्यायदेशमार्फत बजेट ल्याउन खोजेपनि प्रदेश प्रमुखले ढिलोगरि निर्णय कार्यान्वयन गरि विशेष अधिवेशन बोलाएपछि रोकिएका थिए ।

सरकारले प्रदेशसभाबाट बजेट पारित गर्न नसकेको सरकार अन्य विकल्पमार्फत समेत ल्याउन नसकेपछि प्रदेश बजेट शून्यतामा गएको छ ।

 

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button