धनगढीमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्दलाई नागरिक अभिनन्दन

३ माघ, धनगढी । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाईे धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन समारोह समितिले बिहीबार चन्दलाई नागरिक अभिनन्दन गरेको हो ।
धनगढीका व्यवसायी माया प्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले चन्दलाई अभिनन्दन गरेको हो । उनलाई विहान पार्क मोडदेखि ट्राफिक चोक हँुदै शहीदगेटमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजा सहित नगरपरिक्रमा गराइएको थियो ।
नागरिक अभिनन्दन समारोह समितिका संयोजक भट्टकै अध्यक्षतामा सम्पन्न अभिनन्दन समारोहमा सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघसंस्थाहरुले अभिनन्दन पत्र र दोसल्लाले बरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरेका हुन् ।
सुदूरपश्चिमको बैतडीमा जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान गरेकाले चन्दको अभिनन्दन गरिएको अभिनन्दन समितिले जनाएको छ । चन्द बैतडीको सुर्नया गाउपालिका –२ को कुर्कुट्यामा जन्मिएका थिए ।
विहीबार उनलाई ८४ वर्ष पूरा गरेका चन्दलाई ८५ औं जन्मोत्सवको अवसरमा अभिनन्दन गरिएको हो । चन्दका थुप्रै कृति मध्ये विर्षजन कथा संग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरुस्कार प्रदान गरिएको थियो ।
चन्दका पाहुनाघर, विषर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौ खेलाडी, लेमिङहरु, रात्री भोज र नेता साथी जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन । चन्द चार पटक मुलुकको प्रधानमन्त्री भइसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।