Main

धनुषामा १२ औं वनदेवीमाई अध्यक्ष गोल्डकप २०८१ सुरु

१४ कात्तिक, जनपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका- २ मा १२ औं वनदेवीमाई अध्यक्ष गोल्डकप २०८१ सुरु भएको छ । स्थानीय बटेश्वर गाउँपालिकाको आर्थिक सहयोग तथा बनदेवी माई युवा क्लबको आयोजनामा खेल प्रारम्भ भएको हो ।

बुधबार खेलको बटेश्वर पालिका अध्यक्ष रामअशिष महतो, भंगहा नगरपालिका मेयर संजिवकुमार साह र बटेश्वरकी उपाध्यक्ष फुलकुमारी सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कात्तिक २४ गतेसम्म चल्ने खेलमा आयोजक टिमसहित ८ वटा टिमले भाग लिने कप संयोजक गंगाराम कुँवरले जानकारी दिए । आयोजक क्लबका अध्यक्ष नागेन्द्र सिंहका अनुसार खेल बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ५५ हजार रुपैयाँ पाउनेछन् ।

उदघाटन खेलमा आयोजक टिम वनदेवी युवा क्लव विजयी भएको छ ।

आयोजक टिम र सिन्धुलीको नमूना जनउत्थान युवा क्लब, दुधौलीबीच भएको खेलको निर्धारित समयमा कसैले पनि गोल गर्न सकेनन् । पनेल्टीमा दुधौली टिमलाई तीनका विरुद्ध आयोजक टिमले चार गोल गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button