Main

किसान र जाल्पा, साधना र सबैको लुघवित्त मर्ज हुँदै

३१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको छ ।

केन्द्रीय बैंकले २९ जेठमा मर्जरको अन्तिम स्वीकृति दिएको हो । किसान लघुवित्तको रजिस्टर्ड कार्यालय कैलालीमा छ भने जाल्पा सामुदायिक लघुवित्तको रुपन्देही बुटवलमा छ ।

मर्जपछि बन्ने संस्थामा जाल्पा सामुदायिक लघुवित्त सेयरधनीको १ कित्ता सेयर बराबर किसान लघुवित्तका सेयरधनीको ०.८८३४ कित्ता सेयर अर्थात् १ः०.८८३४ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएको हो ।

दुई संस्था मर्जपछि बन्ने एकीकृत संस्थाले मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने छ । यस्तै गोरखामा कार्यालय रहेको साधना लघुवित्त र तनहुँमा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थालाई पनि मर्जरका लागि राष्ट्र बैंकले सवीकृति दिएको छ ।

दुई संस्था मर्जरपछि राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने गरी राष्ट्र बैंकले स्वीकृति दिएको हो । दुवै संस्था १ः१ को सेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button