Main

धुलिखेलमा वीपी कोइरालाको शालिक

५ असोज, काठमाडौं । वीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ ।

धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा निर्माण गरिएको उक्त शालिकको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरे ।

ढलौटबाट निर्माण गरिएको र लागत १५ लाख रुपैयाँ रहेको निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य जीतकृष्ण श्रेष्ठले जानकारी दिए ।

यो शालिकको २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए ।

आफू प्रधानमन्त्री भएका बेला बीवी कोइरालाले २०१६ सालमा हालको वीपी राजमार्गको परिकल्पना गरेका थिए । तर नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनः सुरुवात गरेपछि उक्त सडक निर्मा णकार्यले सार्थकता पाएको हो । यो सडक २०७२ सालमा निर्माण सम्पन्न भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button