Main

धेरै रगत संकलन गरेको चन्द्रकोट गाउँपालिका सम्मानित

१३ साउन, गुल्मी । धेरै रगत संकलन गरेकोमा गुल्मीको चन्द्रकोट गाउँपालिका सम्मानित भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा धेरै रगत संकलन गरेर उपलब्ध गराएको भन्दै गुल्मीको चन्द्रकोट गाउँपालिकालाई रेडक्रसले सम्मान गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा तथा रक्त संचार सेवा केन्द्र बुटवलले चन्द्रकोटलाई सम्मान गरेको हो । वर्षभरमा १ सय युनिटभन्दा बढी रगत उपलब्ध गराउने संस्थालाई सम्मान गरिएको थियो ।

चन्द्रकोटले सरकारी निकायमा सबैभन्दा बढी १४० युनिट रगत उपलब्ध गराएको थियो । गाउँपालिका अध्यक्ष युवराज खत्रीका अनुसार गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button