Main

नक्कली प्रहरी बनेर असुल गरेको आरोपमा एकजना पक्राउ

२८ असोज, रौतहट। नक्कली प्रहरी बनेर रकम असुलेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नं. २ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् ।

उनलाई प्रहरीले लालबकैया पुलबाट सोमबार राति पक्राउ गरेको हो ।

बैठाले आफू प्रहरीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिहरुको जिउ खानतलाशी गर्दै गरेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जिङगडवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका उनको साथबाट प्रहरीले १७ हजार ९३५ रुपैयाँ, लागु औषध नाइट्राभेट १० पिस, २२ पुरिया गाँजा (२०० ग्राम) एउटा मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका प्रकिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपक रायले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button