नयनतारासहित ७ जनाविरुद्ध एफआईआर दर्ता, ‘अन्नपूर्णी’लाई नेटफ्लिक्सले हटायो

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार नयनतारासहित सात जनाविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ । फिल्म ‘अन्नपूर्णी’मा धार्मिक भावनामा चोट पुर्याएको र लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपुरमा अभिनेत्री नयनतारा, निर्माता जतिन शेट्टी, निर्देशक नीलेश कृष्णासहित सात जनाविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्मका धेरै दृश्य आपत्तिजनक रहेको भन्दै हिन्दू सेवा परिषद्ले ओमटी प्रहरी चौकीमा उजुरी दिएको छ । फिल्मको संवादमा भगवान श्रीरामको बारेमा पनि अभद्र टिप्पणी गरिएको र लभ जिहादलाई प्रवर्द्धन गरिएको उजुरीकर्ताको दाबी छ ।
हिन्दू सेवा परिषद्का प्रदेश अध्यक्षले फिल्मले हिन्दू धर्मलाई ठेस पुर्याएको आरोप लगाएका छन् । फिल्म ‘अन्नपूर्णी’ नयनताराको ७५ औं फिल्म हो ।
आपत्ति के–केमा जनाइयो ?
फिल्मको अन्तिम दृश्यमा बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरी हिजाब लगाएर नमाज पढिरहेको देखिन्छ । फिल्मले लभ जिहादको प्रचार गरिरहेको भनिएको छ । अभिनेताका साथी फरहानका अनुसार भगवान श्रीराम मांसाहारी थिए ।
अभिनेत्रीका बुवा मन्दिरका प्रधान पुजारी भएपनि छोरीलाई मासु पकाएको देखाइएको छ । फिल्ममा ब्राह्मण हिन्दू युवतीले मुस्लिम धर्म परिवर्तन गरेको देखाइएको छ । हाम्रा धार्मिक ग्रन्थ रामायण, पुराण लगायतका धार्मिक ग्रन्थहरुको पनि अपमान भएको छ ।
फिल्ममा अभिनेत्री रमजान इफ्तारका लागि मन्दिर नभई फरहानको घर जान्छिन् । फिल्ममा बालिकाका बुवाले सन्ध्या र हजुरआमाले माला जपिरहेकी छन् । यसैबीच केटीलाई मासु पकाएको देखाउने दृश्य एकअर्कासँग सम्बन्धित देखिन्छन् । यी विवादका कारण फिल्म ‘नेटफ्लिक्स’बाट हटाइएको छ ।
शिवसेनाका पूर्वनेता रमेश सोलंकीले जनवरी ६ मा फिल्म ‘अन्नपूर्णी’का निर्माताविरुद्ध मुम्बईमा उजुरी दिएका थिए । निर्माताले भगवान श्रीरामको अपमान गरेर हिन्दू समुदायको भावनामा चोट पुर्याएको उनको आरोप छ ।
गुनासो बाहेक रमेश सोलंकीले सोसल मिडिया प्लाटफर्म एक्स (पहिलेको ट्वीटर)मा फिल्मको कडा आलोचना गरेका थिए । उनले लेखेका थिए, ‘मैले हिन्दू विरोधी र हिन्दू विरोधी नेटफ्लिक्सविरुद्ध उजुरी दायर गरेको छु । सारा विश्वले भगवान श्रीराम मन्दिरको अभिषेक मनाइरहेको बेला नेटफ्लिक्समा यो हिन्दू विरोधी फिल्म ‘अन्नपूर्णी’ रिलिज भएको छ ।’
यो फिल्मलाई जी स्टुडियो, नाद स्टुडियो र ट्राइडेन्ट आर्ट्सले निर्माण गरेका हुन् । उनको आरोप छ, ‘नेटफ्लिक्स र जी स्टुडियोले जानाजानी हिन्दू भावनामा चोट पुर्याउन यो फिल्म बनाएका हुन् । म मुम्बई पुलिस, महाराष्ट्र एचएमओलाई धार्मिक भावनामा चोट पुर्याउने यस फिल्मविरूद्ध उजुरी दर्ता गर्न अनुरोध गर्दछु ।’
‘अन्नपूर्णी’ १ डिसेम्बर २०२३ मा रिलिज भएको थियो । फिल्ममा नयनतारा मुख्य भूमिकामा छिन् । फिल्ममा उनले मन्दिरका पुजारीकी छोरी अन्नपूर्णीको भूमिका निर्वाह गरेकी छिन्, जसले कुक बन्ने आफ्नो सपना पूरा गर्न ननभेज पकाउँछिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।