नागपोखरीमा नामीको अत्याधुनिक शोरुम सञ्चालनमा आउँदै

काठमाडौं । काठमाडौंको नागपोखरीमा चिनियाँ विद्युतीय गाडी (ईभी) नामीको अत्याधुनिक शोरुम सञ्चालनमा आउने भएको छ ।
आगामी अक्टोबरको अन्त्यमा नागपोखरीमा नयाँ शोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
हालका लागि नक्साल स्थित सेरेस शोरुमसँगै रहेको स्थानबाट नामीको टेस्ट ड्राइभ गरी यसको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।
नेपालका लागि नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुप हो । यो ग्रुपले यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डका गाडीको कारोबार गर्दै आइरहेको छ ।
नामीले काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर सञ्चालनमा ल्याइसकेको छ ।
उपत्यका बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हालै सम्पन्न नाडा अटो शो-२०२४ मा नामीले अवलोकनकर्ताहरूबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।