नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

६ फागुन, काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्री गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै कम्पनीको सेयरमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता न्यूनतम मूल्य ७४० रुपैयाँ कायम हुनेगरी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । नागरिक लगानी कोषको कुल ५ करोड ३१ लाख ३७ हजार ५०४ कित्ता सेयर बजारमा सूचीकृत छ । जसमध्ये ८० प्रतिशत अर्थात ४ करोड २५ लाख १० हजार ४ कित्ता सेयर संस्थापक समूहको छ ।
संस्थापक समूहमा नेपाल सरकारको २३.३४ प्रतिशत, स्टक एक्स्चेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५ र बैंक तथा वित्तीय संस्थाहरुको १५.११ प्रतिशत स्वामित्व छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।