Main
नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

३ वैशाख, काठमाडौं । नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–१ घर भई काठमाडौं चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन् ।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो । उनीहरूले रेष्टुरेन्टमा र स्पामा नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोप लागेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारको कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुँयालले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।