Main
सितापाइलामा एक पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिए

९ फागुन, काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा सोलुखुम्बुका *राजु घिमिरे भन्ने काजी विक रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
(*यसअघि समाचारमा रामप्रसाद उल्लेख भएकाले सच्याइएको छ ।)
– यस समाचारको श्रोत : Online Khabar हो ।