Main
श्यामसुन्दर सैंजूको हाइकु संग्रह सार्वजनिक

काठमाडौं । साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामसुन्दर सैंजूको हाइकु संग्रह ‘हाइकु किच:’ सार्वजनिक भएको छ ।
काभ्रेको पनौतीमा आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुस्तकको विमोचन गरे ।
साहित्यकार सैंजूको यो दोस्रो कृति हो । विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरद्वारा लिखित ‘गीताञ्जली’को पनि उनले नेपाली अनुवाद गरेका छन्, जुन पुस्तक चाँडै प्रकाशित हुने कार्यक्रममा जानकारी गराइयो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।