Main

नेपालले टस हारेर बलिङ गर्ने

८ साउन, काठमाडौं। महिला एसिया कप-२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ ।

नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा सवनम राई फर्किएकी छिन् ।

आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ ।

यता, आज भारतको कप्तानी स्मृति मन्दनाले गरेकी छिन् ।

नेपालको प्लेइङ ११ :

इन्दु बर्मा, सीता राना मगर, रुबिना क्षेत्री, कविता कुँवर, सम्झना खड्का, डली भट्ट, पुजा महतो, कविता जोशी, काजोल श्रेष्ठ, सवनम राई र विन्दु रावल
नेपालको बेन्चः राजमति ऐरी, ममता चौधरी, रोमा थापा र कृतिका मरासिनी

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button