Main

नेपाली बास्केटबल टोली चीन जाने

१२ वैशाख, काठमाडौं । बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्रि बाइ थ्रि बास्केटबलमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगितामा सहभागी हुन ४ खेलाडी सहित ५ सदस्यीय टोली बिहीबार चीनको युनान् प्रस्थान गर्ने भएको छ ।

नेपाली टोलीको कप्तानी विजय बुर्जाले गर्नेछन् भने अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन छन् । टोलीको प्रशिक्षकमा सुशील गुरुङ छन् ।

बुधबारदेखि सुरु भइसकेको प्रतियोगिता एक साता चल्नेछ । नेपालको खेल शुक्रबारदेखि हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । जी टू जी प्रोग्रामअन्तर्गत नेपाली टोली चीन जान लागेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।

सो अवसरमा नेपालका लागि लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले खेलाडीलाई लिनिङको गियर प्रदान गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button