Main

टी-२० विश्वकप : नामिबियाविरुद्ध ओमानले ब्याटिङ गर्दै

२१ जेठ, काठमाडौं । टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा अहिले नामिबिया र ओमानबीच प्रतिस्पर्दा हुँदैछ ।

बार्बाडोसको केन्सिङ्टन मैदानमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ओमानले ब्याटिङ गरिरहेको छ ।

यी दुवै टोलीले यसअघि पनि विश्वकप खेलिसकेका छन् । नामिबियाले सन् २०२१ र २०२२ मा र ओमानले सन् २०१६ र २०२१ मा खेलेका हुन् ।

नेपालले भने ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको  सुरुआत गर्नेछ । नेपाल समूह डीमा रहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button