Main

नेपाल ए लाई आयरल्यान्ड ए को विशाल लक्ष्य

१७ चैत, काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो टी-२० अभ्यास खेलमा नेपाल ए लाई २२५ रनको विशाल लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो ।

आयरल्यान्डका पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे । रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रन बनाए ।

नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिए ।

पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button