Main

गल्ली संसारलाई २०८० को उत्तमशान्ति पुरस्कार

३० वैशाख, काठमाडौं । विसं २०८० सालको उत्तमशान्ति पुरस्कार रोशन शेरचनद्धारा लिखित पुस्तक ‘गल्ली संसार’लाई दिइने भएको छ ।

डा. पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको उत्तम कुँवर स्मारक पुरस्कार गुठीको आइतबारको बैठकले निबन्ध परम्परामा नवीन योगदान गरेवापत उक्त पुस्तकलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

गुठीले चार दशकदेखि हरेक वर्ष प्रकाशित सिर्जनात्मक गैरआख्यान कृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई उत्तमशान्ति पुरस्कार प्रदान गर्दै आएको छ ।

गल्ली संसार जीवन–जगत, मानवीय सम्बन्ध, पर्यावरणीय चेतना लगायतका विविध विषयलाई कलात्मक शिल्प, सुललित भाषा र वैचारिक विश्लेषणसहित प्रस्तुत गरिएको कृति भएको गुठीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेठ २५ गते एक लाख नगदसहित पुरस्कार प्रदान गरिने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button