Main

कांग्रेसको बैठकमा छलफल : छानबिन समिति मुद्दा नछोड्ने, गृहमन्त्रीको राजीनामा माग्ने

९ जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले गृहमन्त्री रवि लामिछानेको माग गर्ने विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले बताए ।

संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको एक नेताले जानकारी दिए ।

साथै बैठकले गृहमन्त्री लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउने आफ्नो अडान नछोड्ने भएको छ ।

बैठकमा सहकारी पीडितको बचत फिर्ताका लागि माग गर्नेसमेत निर्णय गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button