नेपाल मिस वर्ल्डको उत्कृष्ट ४० मा, ‘ब्युटी विथ पर्पस’ विधामा एसियाली विजेता

काठमाडौं । नेपालकी प्रियंकारानी जोशी भारतमा जारी मिस वर्ल्डको उत्कृष्ट ४० मा प्रवेश गरेकी छन् । ‘ब्युटी विथ अ पर्पस’ विधामा एसियाली विजेता बन्दै उनी क्वार्टर फाइनलमा प्रवेश गरेकी हुन् ।
उत्कृष्ट ४० मा फास्ट-ट्रयाक इभेन्टका विजेता समेटिएका छन् । अहिले मुम्बईको जियो कन्भेन्सन सेन्टरमा ७१ औं विश्व सुन्दरी प्रतियोगिताको फिनाले भैरहेको छ ।
‘ब्युटी विथ अ पर्पस विधा’मा भने ब्राजिल समूह विजेता भएको छ ।
यसपछि १२ सेमिफाइनलिस्ट तय हुनेछन् । अनि उत्कृष्ट ८ को घोषणा हुनेछ । त्यसपछि प्रत्येक महादेशबाट विजयी हुँदै उत्कृष्ट ४ घोषणा हुनेछन् । उत्कृष्ट चारबाट एकजना फस्ट रनरअप र विजेता घोषणा गर्ने सूची छ ।
अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले फिनालेलाई लिएर आफू आशावादी र आत्मविश्वासी रहेको महसुस गरेको बताएकी थिइन् । सोनीलिभले फिनालेको प्रत्यक्ष स्ट्रिमिङ गरिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।