Main

नेपाल र नेदरल्याण्डसले टी–२० सिरिजको फाइनल खेल्ने

काठमाडौं। नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा पुगेका छन्।

आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन्।

नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ। त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ।

अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button