नेपाल सेयर मार्केटस् फाइनान्स संयोजकका लागि कार्ययोजना बुझाउन ५ जनालाई बोलाइयो

१८ चैत, काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स संयोजक पदका लागि आवेदन दिएका योग्य आवेदकलाई नेपाल राष्ट्र बैंकले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न बोलाएको छ ।
कम्पनीको संयोजक बन्न इच्छुक आवेदकमध्ये रीतपूर्वक आवेदन दिएका ५ जनालाई व्यावसायिक कार्ययोजना पेस गर्न बोलाइएको हो ।
राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले गत १४ फागुनमा पहिलो पटक र ७ चैतमा दोस्रो पटक संस्था संयोजक पदका लागि दर्खास्त आह्वान गरेको थियो ।
जसमध्ये ५ जनाको दर्खास्त फारम स्वीकृत भएको र व्यावसायिक कार्यायोजना प्रस्तुतिका लागि बोलाएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाश घिमिरे र तारानाथ पाण्डेलाई २१ चैत बुधबार बेलुका ५ः३० बजे बोलाएको छ । त्यस्तै पिताम्बर सापकोटा र रोशनकुमार अधिकारीलाई २२ चैत बेलुका ५ः३० तथा गोविन्दप्रसाद शर्मालाई २३ चैत दिउँसो २ बजे कार्यायोजना प्रस्तुत गर्न बोलाएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।