Main

नेसनल ओपन केडीसी अफ हिल रन असार ८ मा

३२ जेठ, काठमाडौं । नेपाल एड्भेन्चर रनिङ महासंघको आयोजनामा नेसनल ओपन केडीसी अफ हिल रन असार ८ गते हुने भएको छ ।

महासंघले शुकबार पत्रकार सम्मेलन गर्दै संघको नयाँ कार्यसमिति आएपछि उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

कीर्तिपुरबाट सुरु भएर दक्षिणकाली, चन्द्रागिरि हुँदै पुनः कीर्तिपुर पुगेर समापन हुने दौड २१ किमीको हुनेछ ।

दौडमा करिब २०० जनाले भाग लिने आयोजकको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button