Main

एसिया प्यासिफिक ट्रेल रनिङमा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

७ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा हुने आईटीआरए एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालबाट ६ अल्ट्रा धावकले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आईटीआरएले पहिलो पटक एसिया प्यासिफिक ट्रेल रनिङ आयोजना गर्न लागेको हो । च्याम्पियनसिप यही अक्टोबर २३ देखि २७ सम्म हुनेछ । च्याम्पियनसिपमा २५ देशका करिब ४०० धावकले भाग लिने अपेक्षा छ ।

च्याम्पियनसिपमा नेपालबाट रशिला तामाङ, प्रिया राई, मनकुमार मगर, तिलक सुनार, गोपाल तामाङ लामा र तीर्थ तामाङले प्रतिस्पर्धा गर्नेछन् । रशिला, मनकुमार, गोपाल र तिर्थले ८० किमि दौडमा प्रतिस्पर्धा गर्नेछन् भने प्रिया र तिलकले ४० किमी रेस दौडनेछन् ।

६ खेलाडी मंगलबार कोरिया प्रस्थान गरेका छन् । यस बाहेक यु-२३ विधामा राज्यलक्ष्मी रावल र अशोक बराम, ४० किमीमा धिर बहादुर बुढा र ८० किमीमा निर्मला राईको नाम दर्ता भएपनि उनीहरुले भिसा नपाएपछि जना पाएनन् ।

पोखरा ट्रेल रेस सिरिज र कर्णाली स्पोर्ट्स क्लबले खेलाडीहरुलाई कोरिया पठाउनका लागि व्यवस्थापनको काम गरेको थियो ।

नेपालबाट १० धावकसहित ११ जनाको टोली जाने भनिए पनि ६ खेलाडीको मात्र कोरियाको भिसा प्राप्त भएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

शाही र पोखरा ट्रेल सिरिजका फाउण्डर राजिव श्रेष्ठले खेलाडीहरुको भिसा लगायत सम्पूर्ण व्यवस्थापन गरेका थिए ।

नेपाली टोलीलाई हङकङमा रहेको एचके १०० प्रायोजन गरेको छ । एचके१०० ले खेलाडीको टिकटको प्रायोजन गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button