पूजा महतो बनिन् जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’
३ मंसिर, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई एनपीएल टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक गरेको छ ।
सोमबार जनकपुरमा भएको जर्सी अनावरण कार्यक्रममार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा चिनाइएको हो । सोही क्रममा उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै महतोले आफूलाई फेस अफ द बोल्टस बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् । साथै उनले एनपीएलको पहिलो संसकरणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्सलाई सफलताको कामना समेत उनले गरिन्। पुजाकै कप्तानीमा गत साता नेपाली यू-१९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको थियो ।
जनकपुर बोल्ट्सको मार्की खेलाडीमा आसिफ शेख छन् भने प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।