Main

पदक विजेता ४ जना नेपाली बडीबिल्डरलाई विमानस्थलमा स्वागत

२८ कात्तिक, काठमाडौं। माल्दिभ्समा भएको १५औ वर्ल्ड बडिबिल्डिङ एण्ड फिटनेस स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउने चारजना खेलाडीलाई भव्‍य स्वागत गरिएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका रुजेश शाही, प्रज्वलमान शाक्‍य, ररजनी श्रेष्ठ र समन मुलगुठीलाई भव्‍य स्वागत गरेको हो ।

महासंघका सचिव दिनेशराजभण्डारीलगायतका पदाधिकारी, खेलाडी र पदक विजेताका परिवारले उनीहरूलाई बाजागाजासहित स्वागत गरेका थिए ।

माल्दिभ्समा भएको उक्त खेलमा नेपालका तर्फबाट ६ जना बडीबिल्डर्स खेलाडी भाग लिएका थिए, जसमध्‍ये चार जनाले रजत पदक जित्न सफल भएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button