Main
परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाने भएकी छन्।
परराष्ट्रमन्त्री राणाले भदौं २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन्। साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।