Main
पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प
११ माघ, काठमाडौं। पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।