Main
पशुपति क्याम्पसमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–७ चाबहिलमा रहेको पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरुको संख्या ६५ पुगेको छ ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।