Main

टप १० ब्रोकरमध्ये ६ को खरिद धेरै

१० असोज, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३१ प्रतिशत हो ।

टप १० ब्रोकर कम्पनीमार्फत यस दिन १ अर्ब ५५ करोडको खरिद हुँदा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको बिक्री भयो । यस दिन ६ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ४ कम्पनीमार्फत बिक्री धेरै भएको छ।

नासा, अनलाइन, आर्यतारा, एबीसी, डायनामिक र अग्रवाल सेक्युरिटिजमार्फत खरिद धेरै भएको छ भने भिजन, इम्पेरियल, सनी र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।

यी टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा अपी पावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर, शिवम् सिमेन्ट लगायत कम्पनी छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button