Main

पहिलो खेल महत्वपूर्ण हुन्छ, हामी जितका लागि खेल्छौं : कप्तान रोहित पौडेल

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप-२०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् ।

आज नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग खेल्दै विश्वकप-२०२४ को सुरुआत गर्दैछ । खेल राति साढे ९ बजे हुँदैछ ।

खेल सुरु हुनुअघिको प्रिम्याच कन्फ्रेन्सका क्रममा उनले भने, ‘हामी सबैजना उत्साहित छौं । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौं । १० वर्षपछि हामी विश्वकप खेल्दैछाँं । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौं ।’

कप्तान पौडेलले सबै टिम सन्तुलित र प्रतिस्पर्धी भएको भन्दै पहिलो खेल जित्नु निकै महत्वपूर्ण हुने भएकोले जितका लागि खेल्ने बताए ।

‘नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौं । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौं । टुर्नामेन्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ,’ उनले थपे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button