पाँचथरको डेरी बजारमा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका–१२ स्थित डेरी बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरुको संख्या २७५ पुगेको छ ।
शाखा रहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, १२ नम्बर वडाका अध्यक्ष कमलप्रसाद चापागाईं र बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्तरुपमा गरेका छन् ।
शाखा रहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।