Main

माओवादीसँग एकता गर्न चाहनेहरुलाई बाबुरामको आग्रह : तपाईंहरु जानुस्, सांसद पद खोस्दैनौं

७ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरुलाई कारबाही नगर्ने बताएका छन् ।

अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरुले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए । लगत्तै भट्टराई पक्षले बैठक राखेर उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ७० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्य आफूहरुसँग रहेको बताए ।

तर अर्को पक्षले हस्ताक्षर संकलन गरिरहेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘अर्काको पार्टीमा जाने भन्नुहुन्छ, सम्झौता गरिसक्नुभएको छ । यो पार्टीलाई नै किन लैजानु पर्‍यो ?’

उनीहरुको पक्षमा ४० प्रतिशत नपुगेका कारण सांसद पद जोगाउन सकस परेको भन्दै उनले पद नखोस्ने आश्वासन समेत दिए । ‘मैले साथीहरुलाई पनि भनेको छु, तपाईंहरु जानुस्, तपाईंहरुको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौं’, उनले भने, ‘मैले त प्रचण्डजीलाई पनि म्यासेज पठाएको छु । उहाँहरुले मरिहत्ते गरेपछि भित्र्याउनुस्, किन यस्तो रडाको गरेको ।’

अध्यक्ष भट्टराईले यदि थाकेको हो भने ससम्मान जान, तर रडाको नगर्न नेताहरुलाई आग्रह गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button