Main

‘पूर्णबहादुरको सारङ्गी’ले तेस्रो सातासम्म कमायो ४० करोड

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको २१ दिनसम्म ४० करोड रुपैयाँ नजिकको व्यापार गरेको छ । वितरण कम्पनी ब्यांकेस इन्टरटेनमेन्टले बुधबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।

जसअनुसार फिल्मले तीन सातासम्म ३९ करोड ७४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मले पछिल्लो सोमबार एक करोड ५० लाख, मंगलबार एक करोड १६ लाख र बुधबार एक करोड १२ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो ।

२ मंसिरसम्मको कमाइ ३५ करोड ९६ लाख थियो । फिल्मले बिहीबार पनि उत्साहजनक कमाइ गर्ने प्रक्षेपण गरिएको छ । विजय बराल स्टारर यो फिल्मले घरेलु बक्स अफिसमा सर्वाधिक कमाउने मात्र हैन, एकैदिनमा धेरै कमाउनेसहित धेरै शो पाउने फिल्मको कीर्तिमान रचेको छ ।

फिल्मले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वमा समेत उछाल कमाइ गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button