Main
अनलाइनखबरकर्मी लामा सम्मानित

३० चैत, काठमाडौं । अनलाइनखबरकर्मी प्रेम लामा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशनका अवसरमा लामालाई ‘युवा पत्रकार’ सम्मान प्रदान गरिएको हो ।
‘नेपाली पत्रकारिता क्षेत्रमार्फत आमजनतालाई सुसूचित गर्दै अनवरत रूपमा योगदान गर्दै आएको’ भन्दै महासंघ काठमाडौं शाखाले लामालाई उक्त सम्मान गरेको हो । विगत दुई दशकदेखि लामा पत्रकारिता पेसामा सक्रिय छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।