Main

पूर्वमन्त्री श्रेष्ठको निधन

३० असोज, काठमाडौं । नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षका उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बुधबार विहान ३ बजे ८ मिनेट चितवनस्थित निवासमा निधन भएको हो ।

उनको बुधबार नै अन्त्येष्टि गरिएको माले केन्द्रीय सदस्य परशुराम लामिछानेले जानकारी दिए ।

उनका अनुसार शोक सभामा माले महासचिव सीपी मैनालीका साथै विभिन्न दलका नेता कार्यकर्ता उपस्थित थिए ।

श्रेष्ठका एक छोरा र एक छोरी छन् ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button