Main

जापानलाई पराजित गर्दै इराक एसियन कपको अन्तिम १६ मा

६ माघ, काठमाडौं । अएमन हुसेनले पहिलो हाफमा गरेको दुई गोल मद्दतमा इराकले एएफसी एसियन कपमा जापानलाई २-१ ले पराजित गरेको छ ।

समूह डी मा लगातार दुई जितपछि इरान अन्तिम १६ मा समेत प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा हुसेनले पाँचौ मिनेटमै गोलको खाता खोलेका थिए । पहिलो हाफको इन्जुरी टायममा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराको अग्रता दोब्बर पारे ।

जापानका लागि खेलको इन्जुरी टाइममा वाटारु एन्डोले गोल गरेपनि हार टार्न पर्याप्त भएन ।

यसअघि इन्डोनेसियालाई पराजित गरेको इराक लगातार दुई खेल जित्दै ६ अंकका समूह डी को शीर्ष स्थानमा छ । इराकले अब भियतनामसँग खेल्न बाँकी छ ।

पहिलो खेलमा भियतनामलाई हराएको जापानले भने अब समूहको अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध खेल्दा आफू अनुकुल नतिजा आवश्यक पर्नेछ ।

भियतनामलाई १-० ले हराएको इन्डोनेसियाले एसियन कपमै आफ्नो पहिलो जित निकाल्दै ३ अंक जोडेको छ । जापान दोस्रो र इन्डोनेसिया तेस्रो स्थानमा छ । अंकविहीन भियतनाम पुछारमा छ ।

एसियन कपमा हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा छनोट हुनेछ भने तेस्रो हुने ६ मध्ये चार उत्कृष्ट टोली पनि अन्तिम १६ म पुग्नेछ ।

आयोजक कतार र अष्ट्रेलियाले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button