यस्तो छ साउदी, कतार, युएई र मलेसियाको मुद्रा भाउ

१८ जेठ काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिन १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ६६ पैसा रहेकोमा शुक्रबार १३३ रुपैयाँ ६२ पैसा छ ।
सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा सो मूल्य तिर्नुपर्दछ । त्यस्तै डलरको खरिददर मूल्य १३३ रुपैयाँ २ पैसा छ । सर्वसाधारणसँग भएको डलर सटही गर्दा सो मूल्य प्राप्त हुन्छ ।
शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले १ साउदी अरेबियन रियालको बिक्रीदर भाउ ३५ रुपैयाँ ६३ पैसा तोकेको छ । खरिददर मूल्य ३५ रुपैयाँ ४७ पैसा तोकेको छ ।
त्यस्तै १ कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
युएईको १ दिर्हाम भाउ बिक्रीदर मूल्य ३६ रुपैयाँ ३९ पैसा तथा खरिददर भाउ ३६ रुपैयाँ २३ पैसा तोकिएको छ । राष्ट्र बैंकले १ मलेसियन रिंगिटको खरिददर भाउ २८ रुपैयाँ २९ पैसा तोकेको छ भने बिक्रीदर भाउ २८ रुपैयाँ ४२ पैसा तोकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।