Main

पेशागत महासंघले माग्यो मन्त्रीहरु बस्नेत र ज्वालाको राजीनामा

१० फागुन, काठमाडौं । नेकपा एमाले निकट पेशागत महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।

राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले मन्त्रीहरु बस्नेत र ज्वालाको राजीनामा मागेको हो । दुई युवाको ज्यान गएको बालकुमारी घटनाको छानबीन गर्न गठित आयोगले समेत मन्त्री ज्वालालाई दोषी भनेकाले तत्काल राजीनामा गर्नुपर्ने महासंघका महासचिव केदार देवकोटाले बताए ।

उनले टेरामक्स प्रकरणमा जोडिएकाले अर्का मन्त्री बस्नेतले राजीनामा गर्नुपर्ने बताए । महासंघले मुख्य सचिव बैकुण्ठ अर्यालयको समेत राजीनामा मागेको छ । मुख्य सचिव अर्याल समेत टेरामक्स प्रकरणमा जोडिएकाले राजीनामा दिनुपर्ने माग महासंघले राखेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button