‘पैसाको उडान’मा रवीन्द्र समीर

काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित भएको छ । यो लघुकथा शैलीमा लेखिएको उपन्यास हो ।
पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँशुजस्ता अभौतिक वस्तु किन्ने दौडमा लाग्दा मानसिक विचलन भएको कुवेर नामका पात्रको जीवन कथा यसमा छ । राजनीतिमा लागेका सुदामा नामको पात्रको आदर्श जीवनलाई पनि सँगसँगै बुनिएको छ ।
मुख्य पात्र कुवेर र सुदामाको वरिपरी लेखिएको यो उपन्यासमा ५६ वटा च्याप्टर छन् । अत्यधिक पैसाले जीवनमा के कस्ता दुस्प्रभाव गर्दछ भन्ने कोणबाट यो उपन्यास पृथक छ ।
शिखा बुक्सले प्रकाशन गरेको ‘पैसाको उडान’ को मूल्य ३२५ रूपैयाँ छ ।
समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलब्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन् ।
समीरले युवा वर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्मश्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदक लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।