Main

रूसी सेनामा रहेका नेपालीलाई उद्धारकाे माग गर्दै माइतीघर धर्ना

रूसी सेनामा भर्ती भएका नेपालीकाे उद्धार गर्न माग गर्दै आफन्तहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन्।

शुक्रबार रूसी सेनामा भर्ती भएकाहरूकाे तत्काल उद्धार गरी नेपाल ल्याउन माग गर्दै परिवारका सदस्यहरु माइतीघरमा धर्ना बसेका हुन्।

आफन्तहरुले करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका नागरिकहरुलाई पुनः युद्ध मैदानमा लगिएकाे भन्दै उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने व्यवस्था गर्न माग गरेका छन्।

यसैगरी युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपुर्ति दिनुपर्ने उनीहरूकाे माग छ।

युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गर्नुपर्ने, मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबै खाले सेवासुविधा नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

यस्तै, बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर्नुपर्ने, रुसी सेनामा कार्यरत रेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्नुपर्ने, प्रलोभनमा पारि रुस पठाउने र नेपाल ल्याईदिन्छु भनि पैसा उठाउने बिचौलियाको पहिचान गरी कारवाही गर्नुपर्ने, पीडित परिवारको उद्दार, राहत र पुनर्स्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने परिवारकाे माग छ।

उनीहरूले माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button