Main

प्रचण्डसँग अष्ट्रेलियन राजदुतको बिदाई भेट

काठमाडौं। नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाको निवास खुमलटारमा बिदाई भेट गरेका छन्।

भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन प्राप्त सफलताका लागि बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्बन्ध विकासमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकाल सफल र उत्कृष्ट भएको बताए।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटी भोल्कले खेलेको भुमिकाको प्रशंसा गरेेका थिए।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button