Main

प्रतिनिधिसभामा नेपाली कांग्रेसको अवरोध

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् ।

प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।

कांग्रेसले गृहमन्त्रीका विषयमा जवाफ नदिएसम्म उनले प्रस्तुत गर्ने कार्यसूचीमा संसदलाई जान नदिने बताएको छ । तर बजेटको प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भने आफूहरुको अवरोध नरहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

कांग्रेसले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button