Main
प्रतिनिधिसभा बैठकको समय सर्यो
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।