Main

प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित

२४ वैशाख, काठमाडौं । पूर्वसांसद तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । मंगलबार ७१ वर्षको उमेरमा वामपन्थी नेता नेपालको नर्भिक अस्पतालमा निधन भएको थियो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button