Main

प्रदीप पौडेलले चक्रपथ विस्तारका लागि असार १५ गते दबाब यात्रा गर्ने

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड -चक्रपथ_ विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् ।

उनले चक्रपथको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने भएका हुन् ।

केही दिनअघि मात्रै नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए ।

साथै उनले यस विषयमा संसदमा पटक-पटक आवाज उठाउँदै आएका छन् ।

उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूत सँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।

काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button