Main

विश्व बैंकले नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउँदै, आयोगसँग लियो सुझाव

२६ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ ।

विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो ।

छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारहरुको कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

विकासलाई नयाँ दिशामा लैजानका लागि उपाध्यक्ष श्रेष्ठले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताएका हुन् ।

‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा रि–स्ट्रक्चर गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रमहरु डिजाइन गर्नुपर्छ,’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।’

विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औं योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादम्यता मिलाउनु पर्ने बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button