Main
इशानको दुई गोलमा एनआरटीको सहज जित
५ मंसिर, काठमाडौं । इशान शाहले दुई गोल गरेपछि दोस्रो स्थानको एनआरटीले ललित स्मृति एन्फा यू-१८ युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबलाई ३-० ले सहजै पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा एनआरटीका लागि इशानले सुरुमै दुई गोल गरेका थिए । उनले ११औं र १५औ मिनेटमा गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाएका थिए ।
एनआरटीका लागि अर्को गोल राजन बुढाले ८८औं मिनेटमा गरे ।
जितपछि एनआरटीले ११ खेलबाट २२ अंक जोडेको छ र शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंकदूरी ४ मा झारेको छ । बुधबारकै पहिलो खेलमा शीर्ष पुलिसले चर्च ब्वाइजलाई ३-१ ले पराजित गरेको थियो ।
नवौँ हार व्यहोरेको सातदोबाटो ११ खेलबाट ४ अंकसहित अंकतालिकाको पूछारमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।